‘माया त लाउने हो’ गीतको भिडियो सार्वजनिक

Dilip n mariska
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । शंकरलाल श्रेष्ठको स्वरमा रहेको ‘माया त लाउने हो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो ।

सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्यमा पोख्त अभिनेता दीलिप रायमाझी र पछिल्लो समय ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्काको केमेष्ट्रि निकै राम्रो देखिएको छ ।

भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसंगीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसंगीतलाई निरन्तरता दिने गायक शंकरलालले बताए । त्यस्तै अभिनेत्री मरिष्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै संगै काम गर्न पाएकोमा सुःखी ब्यक्त गरिन् ।

निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । प्रिमियरमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले बधाई तथा शुभकामना दिँदै आफूले पहिलोचोटी म्यूजिक भिडियो निर्माण गर्दाको क्षण स्मरण गरे ।

‘पहिलोपटक अभिनेता भुवन केसीको गीतको भिडियो बनाउँदा मैले धेरै गाली खाएको थिए’ शम्भुजितले भने, ‘आज त्यही भिडियोको स्वरुपले ब्यापकता लिएकोमा खुःसी छु ।’ भिडियो सार्बजनिक कार्यक्रममा अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए ।

काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्