काठमाडौं, २४ चैत । ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ को उपाधि नेपाली बालिका प्रिन्सा खड्काले जितेकी छिन् । विश्वभरका ४४ सहभागी प्रतियोगितालाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् ।
‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’इजिप्टमा आयोजना गरिएको थियो । ५ वर्षीया प्रिन्सा प्रतियोगिताकी सबैभन्दा कान्छी सहभागी थिइन् । उनले प्रतियोगितामा वेष्ट डान्सरको अवार्डसमेत हात परेकी छन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित प्रतियोगिता गत मार्च २१ गते देखि २८ सम्म इजिप्टको हुर्घादा शहरस्थित ‘द क्यारेवियन वल्र्ड रिसोर्ट’ मा आयोजना भएको थियो ।
बालबाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत प्रिन्साले यसअघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्ट आयोजक रहेको ‘क्विक्स मिनी लिटिल च्याम्प २०१९’ को उपाधि विजेता हुन् । प्रिन्सालाई यो प्रतियोगितामा पनि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले पठाएको थियो ।
नेपाली कल्चरल ड्रेससहित कार्यक्रममा सहभागी प्रिन्सालाई कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले प्रतियोगिताका लागि तयार गरेका थिए ।



लाेकपाटी न्यूज

