सुर्खेत, २४ चैत। दैलखको दुल्लु नगरपालिका र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ। बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्।
शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको हो। पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन्। दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि यात्रुहरुअलपत्र परेका छन्।
पहिरो गएको ठाउँ नजिक खानेकुरा र पानीसमेत नहुँदा बिचल्ली भएको यात्रुहरुको गुनासो छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार पानी बेलाबेलामा परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको छ। अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी लागिरहेका छन्।
यसैबीच सडक डिभिजन कार्यालय जुम्लाले बिभिन्न स्थानमा गएका पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ।



लाेकपाटी न्यूज

