२ सय ५७ जनाले गरे रक्तदान

blood donesion
लाेकपाटी न्यूज

चितवन,२३ चैत। चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वि चितवनको रत्ननगमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ।

रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

कार्यक्रममा २ सय ५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए। रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड ब्याग रक्तदातालाई हस्तान्तरण गरी कार्यक्रको सुरुवात गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्