विभिन्न अभियोगमा चार पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । काठमाडौंको नागढुङ्गामा उदयपुरबाट काठमाडौं आउँदै गरेको ना.५ ख ११९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सुनसरी गढी गाउँपालिका–७ घर भएका २० वर्षीय विकास शाहलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ। उनलाई लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र नुर्फिन १ सय ५० एम्पुलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

यसैगरी नागढुङ्गाबाटै बाँके कोहलपुर नगरपालिका–१५ घर भएका २६ वर्षीय सन्तोष यादवलाई नियन्त्रित लागूऔषध नाइट्राभेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याब्लेटसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना.७ ख २७७६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्तीकरणीको अभियोगमा पक्राउ
हुप्सेकोट गाउँपालिका–२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ डण्डामा कवाडी सङ्कलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिकास्थित जंगलमा ती महिलालाई कुस्वारले जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडौं महानगरपालिका–१५ बाफलमा डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं बानियाँटार बस्ने लमजुङ घर भएका ४३ वर्षीय रामशरण अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.२५ प ४१४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अधिकारीले कानुनी कारवाहीबाट बँच्न कानून विपरित प्रहरीलाई उक्त रकम दिन खोजे पश्चात प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्