यूएई, २३ चैत । युएईमा ट्याक्सी दुर्घटना हुँदा ट्याक्सीमा सवार दुई जनाको मृत्यु भएको छ। उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको हो ।
ट्याक्सीमा सवार अन्य दुई जना भने गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।
निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जानकारी दिएका छन् ।
उनकाअनुसार उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न नसकेको जनाइएको छ ।


लाेकपाटी न्यूज

