काठमाडौं, २३ चैत। नेपाली चलचित्रसंगै विदेशमा नेपाल भित्रका जातिय भाषामा बनाएका चलचित्रहरुको प्रदर्शन गर्नेक्रम बढ्दो छ।
यसै क्रममा युएईको विकसित शहर दुबईमा अप्रिल ५ तारिखका दिन पारेर तामाङ कथानक चलचित्र ’ए बिना’को पनि प्रिमियर शो सम्पन्न गरेको छ। ’ए बिना’ तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र संगीत फिल्मको ब्यानर बाट निर्माण गरिएको हो।
’ए बिना’ अर्थात् तिमी बिना चलचित्रमा समसामूहिक, लवस्टोरी, एक्सन तथा परदेशी जीवन लाई चित्रण गरिएको छ। बसन्त लामा र धन बहादुर लामाले नायकको रुपमा डेब्यु गरेको चलचित्रमा सुस्मा मोक्तानलाई नायिकाको रुपमा देख्न सकिन्छ ।
राजु किरातको द्वन्द, बिशाल थिङले संगीत,स्वर दिएका छन् भने गायिका बविता पाख्रिनले थिङलाई स्वरमा साथ दिएकी छिन्। कथा,नृत्य निर्देशन विजय तामाङले गरेका छन्।
सन्तोष पीटाकोठी र निरोज लामाको छायांकनमा बन्ने चलचित्रमा नेपालको पर्यटकीय क्षेत्र पोखरा,धम्पुस, काठमाडौंलगाएत युएईका विभिन्न स्थानका दृश्यहरु चलचित्रमा देख्न पाउनेछ।
उक्त चलचित्रको प्रिमियर शो कार्यक्रममा युएईमा सक्रिय रुपमा सामाजिक काम गर्दै आएका व्यक्तिहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो।



लाेकपाटी न्यूज

