बारा,२२ चैत। हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको छ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको जनाएपछि एकद्वार प्रणाली लागू गरिएको छ। राहत लिएर पुग्नेहरुले सडकनजिक र पायकपर्ने ठाउँमामात्र राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको हो।
राहत वितरण गर्न आउनेहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत स्थान तोकेरै राहत वितरणका लागि पठाउन सुरु गरिएको छ। देशका विभिन्न भागबाट राहत सामग्री लिएर गएकाहरुलाई सहयोग सामग्रीको विवरणसहित आवश्यक भएका स्थानमा पठाइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले जानकारी दिए।
राहत नपुगेका प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरी प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा एकद्वार प्रणालीमार्फत वितरण गर्न थालेको हो।



लाेकपाटी न्यूज

