ललितपुर, २२ चैत। ललितपुरको सानेपामा शुक्रबार ट्रक्र पल्टिएर भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो। दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।


लाेकपाटी न्यूज

