पूरा हुँदै ओलीको सपना : ‘अन्तरीक्षमा नेपालको स्याटेलाइट’

Internet-users
लाेकपाटी न्यूज

काठमाडौँ, २२ चैत। अन्तरीक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन। अन्तरीक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पुर्‍याउन सकिएको छैन।

भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन। यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभए पनि पछिल्लोसमय त्यसका लागि प्रयास भने जारी छ। त्यतिमात्र होइन, त्यो प्रयासले एउटा नतिजासमेत पाउन थालेको छ। अन्तरीक्षमा नेपालको प्रवेशको ढोका नयाँ वर्षको पहिलो हप्ता नै खुल्दैछ।

आकारमा सानो भए पनि नेपाली झण्डासहितको नानो स्याटेलाइट वैशाख ४ गते अन्तरीक्षमा पठाइँदैछ। अन्तरिक्ष मात्र होइन, समुन्द्रमा आफ्नै केबल बिछ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउनसमेत प्रयास सुरु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्