एसइई परीक्षामा मोबाइल निषेध

SEE Exam Form
लाेकपाटी न्यूज

जनकपुर, २२ चैत।  परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ।

प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत शुक्रबार विज्ञान विषयको परीक्षा भएको हो। प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो।

प्रदेश–२ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सहभागी भएको प्रदेश–२ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए।

चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउँदै अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ।

यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले दुवै विषयको परीक्षा रद्द गर्नुका साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्