बुटवल, २० चैत । पाल्पामा अवैध सम्बन्ध ढाकछोप गर्न एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्वन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको हो ।
प्रहरीका अनुसार फागुन २४ गते घरबाट हराएकी रिब्दिकोट गाउँपालिका ५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीलाई उनकै छिमेकी ४६ वर्षीय नुरबहादुर विश्वकर्माले हत्या गरि फालेका हुन् । हार्थोक जान्छु भन्दै घरबाट हिडेकी घर्तीको शव फागुन ३० गते सोही वडाको ज्योतिष टोलस्थित कुशुमखोला नयाँटोल जाने बाटो नजिकैको खरबारीमा सडेगलेको अवस्थामा फेला परेको थियो ।
पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले उनीसँगै अवैध सम्बन्ध रहँदै आएको र त्यही सम्बन्ध ढाकछोप गर्न आफुले फलामको रड प्रहार गरि हत्या गरेर फालेको विश्वकर्माले स्वीकार गरेको बताए ।


लाेकपाटी न्यूज

