काठमाडौं, २० चैत । नेपाली चलचित्रका चर्चित अभिनेता अनमोल केसी आज बेलायत जाँदैछन् । अनमोल अप्रिल ६ तारिखमा आयोजना हुन लागेको फिल्म क्याप्टेनको यूके प्रदर्शनका लागि बेलायत जान लागेका हुन् ।
अनमोलसँगै उनका बाबुसमेत रहेका अभिनेता भूवन केसी पनि यूके पुग्दैछन् । फागुन १७ गतेबाट नेपालमा रिलिज भएको चलचित्र क्याप्टेनलाई दर्शकले रुचाएका थिए । यसैले पनि चलचित्र क्याप्टेनले बेलायतमा राम्रो व्यापार गर्ने विश्वास अनमोल र भूवनको छ ।
अनमोल र भूवनको उपस्थितिले दर्शकको चाप बढ्नेमा यूके आयोजक पनि विश्वस्त रहेको छ ।



लाेकपाटी न्यूज

