विप्लवका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

Lokbdr Rana
लाेकपाटी न्यूज

रामेछाप, २० चैत । रामेछापमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गाउँपालिका इञ्चर्जले आत्मसपर्मण गरेका छन् ।सकरारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका सुनापति गाउँपालिका इञ्चर्जले आत्मसपर्मण गरेका हुन् ।

गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन् । २०७३ सालदेखि विप्लव समूहका लागेका राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुमका स्थायी बासिन्दा रानाले पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेको बताए । उनले अब स्वतन्त्र नागरिकको रुपमा बस्न चाहेको बताए ।

आत्मसमर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधबार नै छाडेको छ । हिंसात्मक गतिविधिमा नलाग्ने र सामाजिक काममा सक्रिय हुने प्रतिवद्धताका साथ आएकाले छाडिदिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनको गतिविधिको प्रशसानले निरन्तर निगरानी भने गरिरहने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्