कसले चाेर्याे ‘भ्रदगोल’को युट्युव भ्यूज ?

Bhadragol
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । हास्यटेलिश्रृंखला ‘भ्रदगोल’को युट्युव भ्यूज चोरी भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला ‘भ्रदगोल’को युट्युव भ्यूज चोरी भएको टेलिश्रृंखलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् ।

उनका अनुसार युट्युवमा राखिएको ‘भद्रगोल’को २ सय ४ औँ श्रृंखलाको बाहिर देखाउने भ्यूज र भिडियो खोलेपछि देखाउने भ्यूजमा फरक आएको हो । अर्जुनले ‘भद्रगोल’को युट्युव भ्यूज चोरी भएको र त्यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरेका छन् ।

यस्तैै उनले आफ्नो आईटी टीम भ्यूज चोरी गर्ने व्यक्ति अथवा संगठन पत्ता लगाउने अन्तिम चरणमा पुगेको बताएका छन् । ‘भद्रगोल’ को आधिकारिक फेसबुक पेजमा राखिएको जानकारीलाई आधार मान्ने हो भने, मार्च २२ मा रिलिज भएको ‘भद्रगोल’को २ सय ३ भाग भोलिपल्ट साँझ सात बजेर ४ मिनेटमा बाहिरबाट हेर्दा ९ लाख ३१ हजार भ्यूज देखाएको छ तर सोही समयमा भित्र खोलेर हेर्दा ७ लाख ६१ हजार ५ सय ८८ भ्यूज देखाउँछ ।

एउटै समयमा बाहिर र भिडियो खोलेर हेर्दा देखिने भ्यूजमा २ लाखको हाराहारीमा घटेपछि भद्रगोलको टीमले यो कुरा बाहिर ल्याएको हो ।

भ्यूज चोरी हुने घटना भएको यो नै पहिलोपटक नभएको ‘भद्रगोल’ टीमको दाबी छ । ‘भद्रगोल’का श्रृंखला निर्देशक दिपक आचार्यका अनुसार यस्तो घटना एउटामात्र एपिसोडमा नभई पछिल्लो ३–४ हप्तादेखि लगातार चलिरहेको छ ।

युट्युवमा भ्यूज घटेपछि ‘भद्रगोल’को लोकप्रियता भने दर्शकमाझ अझै बढिरहेको छ । बालकदेखि बृद्धबृद्धाहरुले यसका हरेक एपिसोड रुचाउने गर्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्