‘डिभोर्सको समाचार लेख्नेलाई मुद्दा हाल्छौं’

nick-jonas-and-priyanka-chopra
लाेकपाटी न्यूज

काठमाडौं। केही दिन यता सञ्चार माध्यम र सामाजिक सञ्जालमा बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र हलिउड पप गायक निक जोनस सम्बन्धविच्छेदको तयारीमा भन्ने खालका समाचार आए।

अहिले बजारमा उक्त समाचार अत्यधिक चर्चामा छ। एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो। यो खबरपछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने भएका छन्।

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबरअनुसार प्रियंकाको कानूनी समूहले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन्। यदि यस्तो नभए प्रियंका र निक ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन्।

रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो। पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो।

पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ती गरिरहेको पनि बताएको थियो। तर, प्रियङ्का र निकले उक्त समाचार झुटो भएको पुष्टि गर्दै मानहानीको मुद्दा हाल्ने तयारी गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्