अनुष्का र विराट ‘बेबीसावर’ गर्ने तयारीमा

Anushaka
लाेकपाटी न्यूज

काठमाडौं,२० चैत । विराट कोहली र अनुष्का शर्माले सन् २०१७ डिसेम्बर ११ मा एक गोप्य विवाह गरेका थिए। दुबैले इटालीमा विवाह गरेका थिए। अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती छिन् र लामो समयदेखि यो कुरा लुकाइरहेकी छिन्।

अनुष्का र विराट धेरैजसो सँगै देखिन्छन् किनभने उनीहरु लामो समयसम्म एक अर्काबाट टाढा बस्न चाहँदैनन्।आश्चर्य मान्नुपर्दैन, अनुष्काले अहिले कुनै पनि फिल्मको घोषणा गरेकी छैनन्। यस्तै विराट कोहली बैंगलोरको टिमसँग आइपीएलमा खेलिरहेका छन। अनुस्काले एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ।

विराट कोहली र अनुष्का शर्माको विवाह भएको लगभग दुई वर्ष भइसकेका छ। अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन्। एक भारतीय मिडियाको दाबी अनुसार यो जोडी अर्को महिना ‘बेबीसावर’को तयारीमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्