जबरजस्तीकरणीको अभियोगमा पक्राउ

arrested
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । मिर्चैया नगरपालिका–७ खोरीया टोल बस्ने १३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय संजिव बि.कलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको टोलीले संजिवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ठाकुरप्रसाद तिमिल्सिनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

वि.सं २०७० जेठ २६ गते नयाँबजार बस्ने रसमाया गुरुङलाई लाजिम्पाटबाट जबरजस्ती उठाइ कलंकीस्थित सपना गेष्ट हाउसमा लगेर जबरजस्ती बन्धक बनाइ १ लाख रुपैयाँको कागज गराइ सोही कोठाको पंखामा झुण्डाएर भागेको घटनामा संलग्न ठाकुरप्रसाद फरार रहेका थिए । सोही घटनामा संलग्न अन्य ३ जनालाई यस अघि पक्राउ गरी अनुसन्धान पश्चात् पूर्पक्ष गरिएको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका प्रतिवादी तिमिल्सिनालाई आवश्यक अनुसन्धानको लागि उक्त परिसरले महानगरीय प्रहरी वृत्त कालीमाटी पठाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्