हावाहुरी प्रभावित क्षेत्रमा डा. केसीले शुरु गरे उपचार

Dr kc
लाेकपाटी न्यूज

बारा, १९ चैत । डा. गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा आइपुगेका छन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी हावाहुरी प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि आएका हुन्।

सोमबार रात्रिबस चढेर बारा आइपुगेका डा. केसी मंगलबार बिहान यहाँको फेटा गाउँपालिकमा छन्। उनले घाइतेलाई राहत वितरण गरी उपचारसमेत सुरु गरेका छन्। आफ्नै खर्चमा आवश्यक औषधिसमेत बोकेर डा. केसी प्रभावित क्षेत्रमा आएका हुन्। बाराको फेटा सबैभन्दा बढी प्रभावित क्षेत्र हो । डा. केसीले मंगलबार दिउँसोभर उक्त क्षेत्रमा बिरामीको उपचार गर्ने बताएका छन्।

आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारामा २६ र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको थियो । गस्तै ७ सय भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्