विभिन्न अभियोगमा ६ पक्राउ (नामसहित)

arrested
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । सर्लाहीको मलंगवा नगरपालिका–८ बाट लागूऔषध डाइलेक्स डि.सि. ३९ बोतल, स्पाज्मो प्रोक्सिभन २८८ बट्टा र नाइट्राभेट ६ सय ट्याब्लेटसहित भारत बिहार बस्ने १९ वर्षीय लड्डु कुमार मण्डललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मण्डललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङको सुनवर्सी नगरपालिका–८ सिक्टीस्थित सडकमा भारत सिक्टीबाट डायनियातर्फ पैदल आउँदै गरेको ५० वर्षीय कोहिम उदिनलाई अवैध लागूऔषध डाइलेक्स डि.सि. २५ बोतलसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा झोलाभित्र प्लास्टिकको बोरामा बाँधी ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा बा.२ ख २१७६ नम्बरको माइक्रोबस चालक नयाँठिमी बस्ने २७ वर्षीय बाबुकाजी श्रेष्ठलाई कुटपिट गरेको अभियोगमा मुगु खछ्याङ गाउँपालिका घर भएका २४ वर्षीय राजकुमार सिंह समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त माइक्रोबाट सामान झार्ने क्रममा विवाद हुँदा चालक श्रेष्ठलाई उनीहरुले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कुपटिमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि समृद्ध अस्पताल लोकन्थली हुँदै थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी रिफर गरिएको छ ।

त्यस्तै चोरी तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी कास्की घान्द्रुक बस्ने ३५ वर्षीय प्रेमबहादुर बि.कलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कास्की जिल्ला अदालतबाट २७ दिन कैद र ९ हजार ३ सय रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी बि.कलाई प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले वाग्लुङ नगरपालिका–९ खाल्टे भन्ने स्थानमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्