काठमाडौं, १९ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहले अग्रता बढाउँदै लगेको छ ।
७ ठाउँको मतगणना सकिँदा प्रगतिशीलका तर्फबाट अध्यक्षका उम्मेद्वार चण्डेश्वर श्रेष्ठले ९४ मतको अग्रता लिएका छन्। गण्ना भएको ५०२ मत मध्ये अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठले ३५२ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले २५८ मत प्राप्त गरेका छन्।
त्यसैगरी महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गरेका छन्।



लाेकपाटी न्यूज

