हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेशले एक करोड दिने

farwest
लाेकपाटी न्यूज

धनगढी, १९ चैत । बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम प्रदान गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई राहतका लागि एक करोड रकम प्रदान गर्ने भएको हो । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । बैठकपछि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक करोड रकम प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

आइतबार राति आएको भीषण हावाहुरीका कारण पर्सा र बारामा २७ जनाले ज्यान गुमाएका छन् । भने ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्