हेटौंडा, १९। प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए। सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो। निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए।
यसैगरी मंगलबार नै बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय पनि गरेको छ।



लाेकपाटी न्यूज

