भारत, १९ चैत । टेलिभिजन अभिनेत्री रुही सिंहले बान्द्राको एक रेस्टुरेन्ट बाहिर हंगामा गरेकी छिन् । नसामा रहेकी कलाकार सिंहले सोमबार राति उनले रेस्टुरेन्टका कर्मचारीमाथि हातपात गरेकी हुन् ।
उनी विरुद्ध मुम्बइ प्रहरीले एफआइआर दर्ता गरेको छ । यो घटनाको कयौं भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । स्पोटब्वाईको एक रिपोर्ट अनुसार रुही आफ्ना साथीहरु राजेश र राहुलसँग राति अबेरसम्म बन्द्राको एक रेस्टुरेन्टमा थिइन् । उनीहरु ढिला पुगेका थिए । त्यतिबेलासम्म रेस्टुरेन्ट बन्द भइसकेको थियो । तर रुहीले त्यहाँ भएका स्टाफसँग रेस्टुरेन्ट खोल्न भनिन् ।
उनी रेस्टुरेन्टको वासरुम प्रयोग गर्न भित्र प्रवेश गर्न खोजेकी थिइन् तर बन्द भइसकेको भन्दै रेस्टुरेन्टका कर्मचारीले उनलाई भित्र पस्न दिएनन् त्यसपछि उनले रेस्टुरेन्टका कर्मचारीमाथि हातहालिन् । अबेर राति भएको यो हंगामा पछि स्टाफले प्रहरीलाई फोन गरेर बोलाए । प्रहरी पुग्दा उनी रेस्टुरेन्टका कर्मचारीसँग झगडा गरिरहेकी थिइन् ।
जब प्रहरीले उनलाई सम्झाउन खोज्यो तब उनले प्रहरीमाथि नै हात हालिन् । यो सबै घटनाको भिडियो खिचिराखेका प्रहरी लक्ष्मीकान्तको मोबाइल खोसेर उनले थप्पण हानिन् ।



लाेकपाटी न्यूज

