किन भयो चलचित्रकर्मीको निर्वाचन स्थगित ?

Capture
लाेकपाटी न्यूज

काठमाडौं,  १९ चैत।  चलचित्र कलाकार संघको निर्वाचन रोकिएको छ। जिल्ला प्रशासन कार्यालयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो।

निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए। तर, गैह्र कलाकारलाई सदस्यता दिएको, तोकिएको समय भन्दा पनि पछि सदस्यता दिएको लगायतका बिषयमा उजुरी परेपछि प्रशासनले चुनाव रोक्न आदेश दिएको हो।मनोनयन दर्ता गरिसकेकाहरुको मनोनयन फिर्ता गरिएको छ।

अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौलाले उम्मेदावरी दिएका थिए। कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परेर निधन भएपछि संघले निर्वाचन गराउने तयारी गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्