काठमाण्डाैं, १९ चैत । काठमाण्डौको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।
महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम लगायतको आयोजनामा राक्तदान कार्यक्रम सम्पन्न हुन लागेको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् । यसै अवस्थालाई मध्यनजर गर्दै राजनीति नजोडीकन मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेका छन् ।
काठमाडौं तथा चितवनबाट स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ पुगीसकेको छ भने रगतको अभाव टार्न युवाहरु संस्थागत र बयक्तीगतर्फबाट लागिपरिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्धार कार्य तीव्र पारेको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट विशेषज्ञ चिकित्सकसहित १९ जना स्वास्थ्यकर्मीको दुई टोली उपचारमा सक्रिय रहेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले हावाहुरी स्थल भ्रमण गरिसकेका छन् भने प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई प्रतिपरिवार रु ३ लाख सहयोग गर्ने बताएको छ ।



लाेकपाटी न्यूज

