राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गर्ने प्रहरी खोरमा

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । तस्वीरको दुरुपयोग गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन्।

सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साविक शंकरनगर गाबिस–८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्