‘घाइतेको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ’ : मन्त्री पोखरेल

Girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो साँझ आएको हावाहुरीबाट घाइते भएकाहरुलाई भेट गरेका छन्। बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका घाइतेलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्योर्होने बताएका छन्।

घाइतेलाई भेटेपछि मन्त्री पोखरेलले सात जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। घाइतेको उपचार स्वास्थ्यकर्मीले सूक्ष्म ढंगले गरिरहेको पनि उनले बताए।

सबै स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न मन्त्री पोखरेलले चिकित्सकहरुलाई आग्रह गरेका छन्। घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्योर्होने मन्त्री पोखरेलले बताउनुभयो । उनले भने, ‘घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । खर्चको चिन्ता लिनुपर्दैन, घाइतेको उपचार राज्यले गर्छ ।’  संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिबद्धता जनाए।

शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्