जोधपुर । भारतीय वायुसेनाको विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाको मिग–२७ लडाकु विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको हो ।
नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भनेब सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १ सय २० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।
रुसमा निर्मित मिग लडाकु विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन्। गत फेबु्ररी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकु विमान पनि दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुवै पाइलटको ज्यान गएको थियो ।
यसैगरी गत फेब्रुरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग–२७ लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो ।
फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकु विमानहरु भित्र्याउन भारतमा पहल गरिए पनि त्यो सफल हुन सकेको छैन ।



लाेकपाटी न्यूज

