काठमाडौं, १६ चैत । समुदाय प्रहरी साझेदारी अन्तर्गत लैगिंक हिंसा नियन्त्रणका लागि सामाजिक सचेतनामूलक एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम शनिबार कीर्तिपुर नगरपालिका १० स्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको छ ।नवजागरण महिला समूहका संस्थापक अध्यक्ष सीता कट्टेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी परिसर टेकु सामुदायिक शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले मुलुकी फौजदारी अपराध संहिता लैगिंक हिंसा अन्तर्गतका अपराधहरु दाइजो प्रथा, बालयौन शोषण लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका छन् ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभिभावक भेला तथा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।सो कार्यक्रम शनिबार काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित सगुन ब्याङकेटमा सम्पन्न भएको छ । साउदर्न प्याराडाइज बोर्डिङ स्कुल र प्रहरी विद्यालय सम्पर्क समिति कुलेश्वरको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
साउदर्न प्याराडाइज बोर्डिङ स्कुल व्यवस्थापन समितिकी अध्यक्ष प्रकला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी परिसर टेकु सामुदायिक शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले लागूऔषध, सडक सुरक्षा, ईन्टरनेट प्रयोग, साइबर अपराध लगायतका विषयमा विद्यार्थी तथा अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए ।



लाेकपाटी न्यूज

