तमराइ छन् दिन (डोटेली गजल)

xattra Rawal
लाेकपाटी न्यूज

धनगढी । पछिल्लो समय साहित्य क्षेत्रमा उदाएकी सर्जक छत्रा रावल गजल, कविता र विभिन्न लेखहरुमा कलम चलाउँदै आएकी छिन् । डोटी घर भइ हाल शैक्षिक यात्रालाई निरन्तर दिने क्रममा धनगढीलाई कर्मथलो बनाएर साहित्यमा निरन्तर कलम चलाइरहेकी छिन् । समयसामयिक विषयबस्तुलाई समेटेर उत्कृष्ट रचनाहरुको सिर्जना गर्ने सर्जक छत्रा रावल डोटेली भाषामा कलम चलाउन मन पराउँछिन् । यस्तो छ उनको डोटेली गजल…

जति लुटन्छौ लुट,तमराई छन दिन
बलिया हुन्या निर्धा कुट,तमराई छन दिन।।

बहुमतको सरकार आइरैछ,के डर मानान्छौ
विकास नै सके लै भाषण चुट,तमराई छन दिन।।

चोरी अर,भ्रष्टाचार अर,बलात्कार लै अर
होइजान्छ नेपालमी छुट,तमराई छन दिन।।

सौता जसा मिलि त कैलै नै सक्दा नेता मौ
मन पण्या मिल मन पण्या फुट,तमराई छन दिन।।

कैलै यै पाटि कैलै उइ पाटिका मुद्दा उठाइ
आन्दोलन अद्दाई कस बुट,तमराईछन दिन।।

✍️ छत्रा रावल
धनगढी ,कैलाली ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्