नेपाली चलचित्रमा झरना-पुत्री सुहानाकाे दमदार डेब्यु

suhana
लाेकपाटी न्यूज

काठमाडौं, १६ चैत । यसै वर्ष नेपाली फिल्म उद्योगकी सफल अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले नेपाली फिल्ममा डेब्यु गरेकी छिन् ।

झरना पुत्री सरहानाले नेपाली चलचित्र ‘ए मेरो हजुर–३’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन् । सुहानाको अभिनय रहको फिल्म ‘ए मेरो हजुर–३’ को ट्रेलर समेत सार्वजनिक भइसकेको छ । फिल्ममा सुहानाका साथ अभिनेता अनमोल केसी देखिएका छन्। सांगीतिक प्रेम कथामा बनेको फिल्मको ट्रेलरमा अनमोल एक स्टार गायकका रुपमा स्थापित देखिएका छन् भने सुहाना उनै स्टारकी डाइहार्ड फ्यान ।

फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। फिल्म झरनाकै श्रीमान् सुनिलकुमार थापाको निर्माणमा बनेको हो । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रक्षा गौतम, सरोज खनाल, रुपा घिसिङ, रेअर राई, अर्पण थापा, रविन्द्र झा लगायतको अभिनय रहेको छ । फिल्मलाई झरना थापा र सुमन पौडेलले लेखेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्