नीताको निधारमा ‘रातो टीका’

neeta
लाेकपाटी न्यूज

काठमाडौं, १५ चैत । नेपाली चलचित्र ‘रातो टीका निधारमा’मा अभिनेत्री नीता ढुङ्गानाको पनि अभिनय रहने भएको छ । फिल्मका निर्देशक अशोक शर्माले आफ्नो नयाँ फिल्मका लागि नीता फाइन भएको जानकारी दिएका हुन् ।

शर्माले सोमवार नीतालाई फिल्मका लागि फाइनल गरेका हुन् । नीता कलाकार रवीन्द्र झाको हिरोइनको रुपमा फाइनल भएकी हुन् । फिल्मका लागि मुख्य अभिनेता अभिनेत्री भने अझै फाइनल हुन बाँकी रहेको शर्माले बताए ।बैशाखको अन्तिम साताबाट छायाँकनमा निस्किने बताइएको फिल्ममा  नीता र रबिन्द्र बाहेक बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीको पनि अभिनय रहनेछ ।

दर्शक अगाडि प्रदर्शनमा आएको शर्मा निर्देशित फिल्म ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’बोलको गीतको नामबाट शर्माले फिल्म बनाउन लागेका हुन् । यो फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री करिस्मा मानन्धरको अभिनय रहेको थियो । निर्माता तथा निर्देशक अशोक शर्माले ‘जय भोले’पछि चलचित्र ‘रातो टीका निधारमा’ घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्