काठमाण्डौ,१५ चैत। सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको हो। बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो ।
यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।



लाेकपाटी न्यूज
