विप्लवका नगरकोट इन्चार्ज पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

भक्तपुर, १५ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्य पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गरेकाे अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडौं घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्