गुडिरहेको गाडीमा आगलागी

Fair
लाेकपाटी न्यूज

कैलाली, १५चैत। कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान गुडिरहेको गाडीमा आगो लागेको हो ।

अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा आगो लागेको हो।

गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन।दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्