मुम्बई, १४ चैत । बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाह गर्ने भएका छन् । उनीहरुको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका हुन् ।
उनीहरुले विवाहलाई निकै गोप्य राख्ने कोसिस गरे पनि यो खबर मिडियामा भाइरल नै बनेको छ । विवाहमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ । यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन ।
भारतीय मिडिया अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चिय रितिरिवाजमा विवाह गर्ने बताइएको छ । मलाइका अर्जुनले भने तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।



लाेकपाटी न्यूज

