ढाका, १४चैत । बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन। चिकित्सा जगतमा यसलाई चमत्कार मानिएको छ।
२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन। सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन। उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ।
आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ।
उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन।
सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा। शीलाले बताइन।
पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ। तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो। पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन।
चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ।
छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लाेकपाटी न्यूज

