गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

pic
लाेकपाटी न्यूज

रुपन्देही,१४चैत। रुपन्देहीमा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय फिरोज खानको मृत्युु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारिएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्