धनुषा, १३ चैत । २ नम्वर प्रदेश अन्तर्गत धनुषा जिल्लाका विभिन्न स्थानहरुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मदिरा सेवन तथा यसले पार्ने असर, मदिरा बिक्रीबितरण र बिद्युत प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय सबैला, धनुषाको आयोजनामा सबैला नगरपालिकाको वडा २ र ३ स्थित सबैला बजारमा मदिरा बिक्रीबितरण तथा सेवन र मदिराले पार्ने असर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी प्रहरी चौकी ईटहर्वा, धनुषाको आयोजनामा तथा नेपाल विद्युत प्राधिकरण, धनुषाको सहयोगमा बिदेह नगरपालिका(९ ईटहर्वा, बैदहीस्थित रेल्वे स्टेशन नजिकको भवनमा विद्युत चुवाहट र यसको प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहभागी स्थानीबासीलाई ५० थान विद्युतको मिटर निस्शुल्क बितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, महिला, स्थानिय निकायका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

