काठमाडौं,१३ चैत। कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायनाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा उनी धरौटीमा रिहा भएका हुन्।
जिसीलाई यातनाविरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो।
निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए।



लाेकपाटी न्यूज

