काठमाडौं, १२ चैत । गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका प्रताप दास विभिन्न गीत रेकडिङमा व्यस्त छन् ।
४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । डि.पि खनालले लखेका शब्दमा भिम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजनको तादम्यता गजवले झल्किएको छ । प्रताप दासलाई पाश्र्व गायनमा एन्जिला रेग्मीले साथ दिएकी छन् । कार्टुन्ज् क्र्यूको नृत्य सहितको अभिनयले भिडियो थप रमाइलो बनेको छ ।
सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् । गीत कार्टुन्ज् क्र्यूका आधिकारीक युट्युब च्यानलमा हेर्न सकिन्छ ।



लाेकपाटी न्यूज

