विप्लवका तीन कार्यकर्ता पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

दमौली, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका-१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

उनीहरुलाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् ।

सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका ५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । पक्राउ परेका हरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ । उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका १ बाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्