काठमाडौं, १० चैत । संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाट अन्त्य हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेदेखि शुरु भएको छ ।
दुबै सदनको अधिवेशन आजै अन्त्य गर्ने तयारी भइरहेको संघीय संसद सचिवालयले जनाएको छ। पुस ११ देखि शुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिभामा २३ वटा विधेयक उत्पत्ति भएका थिए । तीमध्ये १३ विधेयक पारित भई प्रमाणीकरण भइसकेका छन् ।
त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका सात विधेयकमध्ये तीन वटा विधेयक प्रमाणीकरण समेत भइसकेको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक र राष्ट्रिय सभामा दर्ता भएका ४ विधेयक पारित हुन बाँकी रहेका छन् । सचिवालयका अनुसार ती सबै विधेयक संसदको बजेट अधिवशेनका लागि सारिने छन् ।



लाेकपाटी न्यूज

