एसपी विष्टलाई धरौटीमा छाेड्न अदालतको आदेश

dilliraj bist
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । बर्खास्तमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिनमा कमजोरी देखाएको आरोपमा उनलाई बर्खास्त गरिएको थियो । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्