जोहोरमा सामाजिक सुरक्षा कोष !

55495948_406449636802480_1206951510290726912_n
लाेकपाटी न्यूज

काठमाडौं। मलेसियाको जोहोरबारुमा अवस्थित नेपाली संघ संगठनको संयुक्त बैठक सामाजिक सुरक्षा कोषका बारेमा छलफल भएको छ। बैठक जोहोर बारुको सिटी स्क्वायर हलमा सम्पन्न भएको थियो।

बैठकमा जोहोरमा कार्यरत गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर पिटिपी नेपाली समाज जोहोर, नेपाल प्रवासी तामाङ युवा मञ्च, नेपाली कलाकार संघ मलेसिया, काभ्रे कल्याणकारी समाज जोहोर, नेपाल आदिवासी जनजाति महासंघ जोहोर, श्रमिक एकता समाज जोहोर, जनसम्पर्क समिति जोहोर, प्रवासी नेपाली एकता मञ्च जोहोर, नेपाल मगर संस्कृतिक संघ जोहोर, सुदुर पश्चिमेली समाज जोहोर संगठनका प्रमुख एवं प्रतिनिधि थिए।

संयुक्त बैठकमा मलेसियामा कर्यरत नेपाली श्रमिकका विभिन्न समस्या र समाधानका विषयमा व्यापक छलफल भएको थियो। बैठकले नेपाली श्रमिकका आपतकालीन समस्यामा राहत र सहयोग पुग्ने गरी सामाजिक सुरक्षा कोष निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

उक्त कोषबाट आपत बिपदमा परेका नेपाली श्रमिकको उद्धार सहयोग र कानूनी परामर्श सम्बन्धि काम गरिने गैरआवासीय नेपाली संघ जोहोरका सचिव अर्जुनसिंह ठकुरीले जानकारी दिए। बैठकमा सुरक्षाको हिसाबले एकदमै समवेदनशील मानिने मलेसियामा रोजगारी खोल्ने सन्दर्भमा पनि छलफल भएको थियो।

बैठकले मलेसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी नगर्दासम्म मलेसियामा नेपालीका लागि रोजगारी नखोल्न सम्बन्धित निकायमा पहल गर्ने निर्णयसमेत गरेको छ। बैठकले मलेसियाका नवनियुक्त नेपाली राजदुत उदयराज पाण्डेलाई स्वागत गर्ने पनि निर्णय गरिएकाे अनिस तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्