विश्वकै शक्तिशाली महिलाको सूचिमा प्रियंका चोपडा

Priyanka Chopra-1
लाेकपाटी न्यूज

एजेन्सी । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा विश्कै शक्तिशाली महिलाको सूचिमा परेकी छिन्। उनी ‘युएस टुडे’ले सार्वजनि गरेको विश्वकै शक्तिशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन्।

उनले आफू विश्वकै शक्तिशाली महिलाको सूचिमा परेकोमा खुशी व्यक्त गरेकी छिन्। उक्त सूचिमा मनोरञ्जन क्षेत्रका उत्कृष्ट ५० भित्र टुलिभिजन स्टार, गायिका, नायिका तथा ओस्कर अवार्ड विजेताहरुको रहेका छन्। केही समयअघि उनका श्रीमान निक पनि विश्वकै चर्चित गायकको सूचिमा पर्न सफल भएका थिए।

निक र प्रियंकाको प्रेम सम्बन्धसँगै बाँधिएको विवाह सम्बन्धलाई लिएर मिडिया तथा सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ। यस्तै निककी पूर्व प्रेमिकाको स्टाटस, निक र प्रियंकाले त्यसमा दिएको प्रतिक्रियाको विषयलाई लिएर पनि सामाजिक सञ्जालमा धेरैले प्रियंकाको तारीफसमेत गरेका थिए।

मिस इण्डिया हुँदै मिस वर्ल्डको ताजसम्म जित्न सफल प्रियंका बलिउड अभिनेत्री मात्र नभई हलिउडमा पनि चर्चित मानिन्छन्। उनले भारतीय केही इङ्लिस गीतहरुमा पनि आवाज दिएकी छिन्। हाल उनी चलचित्र ‘द स्काई इज ब्लु’को काममा व्यस्त छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्