बैतडी, ८ चैत । राप्रपा जिल्ला सदस्य राजु देवी साउद लगायत राप्रपा र नेकपा परित्याग गरि १ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
लेखकले कम्युनिष्ट मुक्त देश बनाउने अभियानमा सहकार्य गर्न सबै नवप्रवेशीहरुलाई आग्रह समेत गरे । नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीले शिवनाथ गाउँपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट शासनको १ वर्षमा नै जनता निरास भएको बताए ।
लेखकले जनतालाई निरास बनाउने कम्युनिष्टसँग जनता धेरै दिन नटिक्ने स्पष्ट पारे ।जनताको आकर्षण कांग्रेसप्रती बढदै गएको उनको भनाइ छ । जिल्लाभरका स्थानिय तहको अन्तरक्रियाका क्रममा शिवनाथ पुगेका लेखकले कम्युनिस्टका कारण देश द्वन्दको भुमरीमा जान्छ कि भन्ने चिन्ता लागेको बताए ।
कम्युनिस्ट सरकार विकास विरोधी भएका कारण पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै कांग्रेसले शुरूवात गरेका विकास निर्माणका कार्य समेत सरकारको निर्देशनमा रोकिएको बताए ।कांग्रेस जिल्ला कार्य समिती वैतडीका सभापति नरेन्द्र सिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय नेताहरु शिवराज भट्ट, चतुर बहादुर चन्द, कर्ण सिंह साउद, बिष्णुदत्त जोशीले आफ्नो धारणा राखेका थिए ।



लाेकपाटी न्यूज

