गण्डकी मेडिकल कलेज प्रकरण : यस्ताे छ सहमति

education
लाेकपाटी न्यूज

काठमाडौं, ७ चैत । गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजहरुमा देखिएका समस्याहरू समाधान गर्न शिक्षा मन्त्रालयमा बैठक सम्पन्न भएको छ ।

शिक्षा मन्त्री, सचिव, त्रिवि पदाधिकारी, IOM Dean , कलेज सञ्चालकहरु, विद्यार्थी संगठनहरु र आन्दोलनरत विद्यार्थीहरुवीच संयुक्त बैठक सम्पन्न भएको हो । यस्ता छन् बैठकले गरेका निर्णयहरु :

नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेज लगायतका कलेजहरुले एक महिना भित्र उक्त शुल्क फिर्ता गर्ने र त्यसको अनुमान गर्न शिक्षा मन्त्रालय, त्रिवि, मेडिकल काउन्सिल, स्थानीय प्रशासन र कलेज प्रतिनिधि रहेको अनुगमन समिति बनाउने ।

गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कार्यक्रम प्रभावित नहुने गरि परीक्षा सम्बन्धी विशेष निर्णय गरि उपयुक्त व्यवस्था मिलाउने ।

विद्यार्थी संगठनहरुले त्रिवि र डीन अफिसमा गरेको तालाबन्दी खोल्ने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्