परीक्षामा व्यस्त छिन् करिश्मा मानन्धर

Karisma
लाेकपाटी न्यूज

काठमाडौं, ७ चैत । प्रत्येक वर्ष फागु पूणिर्मामा आफ्नै घरमा कलाकारहरुलाई निम्याएर रमाइलो गर्ने नायीका करीस्मा मानन्धरको घर युपाली सुनसान रह्यो ।

धेरै वर्षको अन्तरालपछि करिश्माले हाली नमनाउनुको कारण थियो, नजिकिएएको एसईई परीक्षा । १० चैत्रबाट सुरु हुने एसईई परीक्षामा उनी सहभागी हुँदैछिन् । परीक्षाको तयारीमा जुटिरहेकी करिश्माले यसपालीको खासै नखेल्ने निर्णय गरेकी हुन् । आफूलाई निम्तो आएका अन्य कार्यक्रममा पनि उनी गइनन् । यद्यपि, बच्चाहरुसँग गोदावरी भिलेज रिसोर्टमा गएर एकछिन होली खेलेको उनले बताइन् ।

फागु पूणिर्मा एक दिन मनाउने भए पनि त्यसको तयारीमा तीन चार दिन पढाइ डिस्टर्भ हुने भएकाले नमनाएको उनले बताइन् । यसपालि होली नमनाउने उनले पहिल्यै कलाकारहरुलाई जानकारी दिएकी थिइन् । एसईई नजिकै आइपुग्दा उनी बढीभन्दा बढी पढाइमा केन्द्रित हुने प्रयासमा छिन् । उनको रिजल्टमा मिडियाले ब्यापक चासो राख्ने हुनाले पनि करिश्मालाई पढाइको दवाव छ ।

एक महिनादेखि विद्यालय जान छोडेको उनले बताइन् । आउँदा जाँदा ड्राइभिङमै तीन घन्टा खर्च हुने भएकाले त्यो समय घरमै पढेर बिताउने गरेको उनले बताइन् । साथै उनले दुईवटा विषयको घरमै ट्युसन पढिरहेका छन् । म्याथ र अकाउन्टको ट्यूसन लिइरहेकी उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेकी छन् ।

‘एसईईमा मेरा लागि साइन्स नै सबैभन्दा च्यालेन्जिङ हुने वाला छ,’ करिश्माले भनिन्, ‘किन किन मलाई यो साइन्समा इन्ट्रेस्ट नै लाग्दैन ।’ करिश्मा राति अबेरसम्म बसेर पढ्ने नगरेको बताउँछिन् । त्यसको साटो उनी बिहान चाँडै उठेर पढ्छिन् । दैनिक यति नै घन्टा पढ्छु भन्ने सेड्युल चाहिँ उनको छैन । उनी घरको काम खासै केही गर्दिनन् । पहिले पनि गर्दिनथिन् ।

‘बिहान पाँच बजे उठेर फ्रेस हुन्छु, अनि एक्सरसाइज सकेर पढ्न बस्छु,’ उनले भनिन्, ‘दिउँसो टिचरहरु आउनुहुन्छ । बेलुकी एकछिन उहाँहरुले दिएको होमवर्क गर्छु र सुत्छु ।’ एसईई अगाडि भएको टेस्ट परीक्षामा सोचेअनुरुप नतिजा आएको करिश्माले बताइन् ।

करिश्माले ०७२ सालमा ८ कक्षामा भर्ना भएर आफ्नो पढाइ सुचारु गरेकी थिइन् । १४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा आएकी थिइन् उनी । पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो । त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्